उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्ने जनाएकाे छ। उसले अवदेखि दक्षिण कोरियासँग वार्तामा नबस्ने घोषणा पनि गरेको छ। दक्षिण कोरिया र अमेरिकाले सैन्य अभ्यास गरेपछि आक्रोशित उत्तर कोरियाले अव पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न सजग गराएको हो।
उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन ले सन् दुई हजार पैतालिससम्म दुई कोरियाको एकता गरिसक्ने भनि गरेको घोषणको समेत आलोचना गरेको छ।
समितिले जारी गरेको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले ट्रम्प तथा मुन जे इनसँग उसको सहमति तोडेको उल्लेख छ। यस्तो अभ्यासलाई उत्तर कोरियाले युद्धको तयारी भन्ने गरेको छ।
शुक्रवार विहानै उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तट नजिकै दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ। केही सातामा उत्तर कोरियाले गरेको यो छैटौँ क्षेप्यास्त्र प्रहार हो।
जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएपछि प्योङयाङले श्रृङ्खलाबद्ध रुपमा क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।।