दक्षिण पूर्वी म्यानमारमा लगातारको वर्षापछि पहिरो जाँदा ५१ जनाको मृत्यु भएको छ।
मृत्युहुनेको संख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पहिरो हटाउने काम भने जारी नै रहेको छ। उद्धारका लागि म्यानमारको सेना पनि सक्रिय भएको जनाइएको छ।
यस्तै सेनाका व्रिगेडियर जनरल ज मिन टूनले भने ‘सैन्य कमाण्ड विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएको छ।’ यसैगरी वाढी प्रभावित क्षेत्रमा हेलिकोप्टर मार्फत राहत सामाग्री पनि पुर्याइएको छ।
बाढी र पहिरोका कारण सडक मार्ग अवरुद्ध हुँदा यातायात सेवा समेत प्रभावित भएको जनाइएको छ।