भारतकाे गुजरात लगायतका राज्यमा भारी वर्षाका कारण अहिले सम्म १ सय ८ जनाकाे मृत्यु भएकाे छ।
केरला, कर्नाटक, महाराष्ट्र र मध्य प्रदेश लगायत देशभरका धेरै राज्यहरूमा बाढी जारी छ। यी मध्ये केरला र महाराष्ट्रमा बाढीले धेरै नै क्षति पुर्याएकाे छ।
केरलामा वर्षा र बाढीले गर्दा ४२ जनाकाे मृत्यु भएको छ । कर्नाटक राज्यकाे अवस्था पनि त्यस्तै नै रहकाे छ। मध्य प्रदेशका धेरै जिल्लाहरुमा ठूलो बाढीको सामना गर्नु परेको छ।त्यहा ३२ जनाकाे मृत्यु भएको छ।
महाराष्ट्रको सांगलीमा गाडी चल्ने सडकहरूमा बाढीका कारण डुङगा चलाइएकाे छ । त्यहाका बजार, पसल र सपिङ मलहरू समेत डुवानमा परेका छन् ।