सत्तारुढ दल भाजपाका नेता तथा पूर्व अर्थ (बित्त) मन्त्री अरुण जेट्ली अस्पताल भर्ना भएका छन्।
स्वासप्रश्वासमा समस्या देखिएपछि नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो। आईसीयूमा उपचार गराइ रहेका जेट्लीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको वुुलेटिनमा जनाइएको छ।
जेट्लीको अवस्था वुझ्न प्रधानमन्त्री नरेन्द्र मोदी अस्पताल पुगेका थिए। ६६ वर्षीय जेट्ली मोदी नेतृत्वको पहिलो सरकारमा अर्थमन्त्री बनेका थिए। मौगृला प्रत्यारोपण गरेकाले पटक पटक विरामी भएपछि उनको कार्यकाल भरि अधिकांश समय पियूष गोयलले कार्यभार सम्हालेका थिए।
अस्वस्थ भएकै कारण जेट्लीले यस पटकको मन्त्रीमण्डलमा सहभागि नगराउन भन्दै मोदीलाई पत्र पठाएका थिए।