जम्मु-काश्मीरको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
संविधानको धारा ३७० अनुसार जम्मु-कास्मिरले पाउँदै आएको छुट्टै राज्यको अधिकार हटाएपछि मोदीले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
बिहीबार अपराह्न ४ बजे सम्बोधन गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारले सोमबार संविधानको धारा ३७० अनुसार छुट्टै राज्यको मान्यता हटाई केन्द्र शासित प्रदेशका रुपमा रहने व्यवस्था गरेको थियो ।