भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातबाट मंगलबार राति उनको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा निधन भएको हो ।
सन् २०१६ मा दुवै मिर्गौला प्रत्यारोपण गरिएकी स्वराज निधन हुनु केही समयअघि पनि सामाजिक सञ्जलमै थिइन् । उनले मंगलबार राति १० बजे हृदयाघात हुनुअघि पनि सामाजिक सञ्जाल ट्विटरमार्फत जम्मु-काश्मीरका विषयमा नरेन्द्र मोदीले चालेको कदमलाई स्वागत भन्दै बधाई दिएकी थिइन् । उनले यही दिन हेर्नका लागि प्रतीक्षारत रहेको पनि ट्विटमार्फत सार्वजनिक गरेकी थिइन् ।
राति १० बजे उनलाई अचानक हृदयाघात भएपछि उपचारका लागि एम्स अस्पताल लगिएको थियो । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताएका छन् । स्वराजले सम्पूर्ण जीवन राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै मोदीले प्रशंसा गरेका छन् ।
सुष्माको निधनबाट स्तब्ध प्रधानमन्त्री ओली पनि स्तब्ध
यता प्रधानमन्त्री केपी ओलीले भरतीय पूर्वविदेशमन्त्री स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले बुधबार बिहान ट्विट गर्दै भारत सरकार, जनता र परिवारका सदस्यलाई हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् ।
यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ट्विटमार्फत प्रतिबद्धता, दृष्टिकोण र आध्यात्मिकता भएको नेताको निधनप्रति भारत सरकार, जनता र परिवारका सदस्यप्रति समवेदना ज्यक्त गरेका छन् ।
यो पनि...
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन