भारतले एक हप्ताअघि प्राविधिक कारण देखाई स्थगित गरेको चन्द्रयानलाई सोमबार सकुशल अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने र यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ ।
अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ । भारतको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित शतिस धावन स्पेस सेन्टरबाट आइतबार दिनको ठीक २ बजेर ४३ मिनेटमा लेण्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसहित अन्तरिक्षका लागि छुटेको होे ।
एक हप्ता पहिले प्रक्षेपणका लागि तयारी रहेको समय प्रक्षेपण हुन तोकिएको समयभन्दा ५६ मिनेट पहिले यानको इन्जिनमा रहेको हिलियम ग्यासको बोतलमा चुहावट देखिएका कारण उडानको उक्त साइतलाई रद्द गरिएको थियो । जुलाइ १५ मा यानलाई प्रक्षेपणका लागि पृथ्वीको कक्षमा सफलतापूर्वक राखिएको समय भारतीय अन्तरीक्ष निकाय (आइएसआरओ) का प्रमुख अधिकारी के सिभानले यानमा प्राविधिक समस्या आएको बताउँदै अनिश्चित समयका लागि उडान स्थगित भएको बताएका थिए।
चन्द्रमाका लागि यो भारतको ऐतिहासिक यात्रा हुनेछ र यानलाई चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गरी चन्द्रमासँग सम्वन्धित वैज्ञानिक नयाँ अनुसन्धानलाई अघि बढाइनेछ ।”अन्तरिक्षयान चन्द्रमाको सतहमा आगामी सेप्टेम्बर ६ वा ७ तारिखमा अवतरण हुने आइएसआरओले बताएको छ ।