हङकङमा सरकारको विरोध र लोकतन्त्रको पक्षमा भएको र्यालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। चेतावनी दिँदा पनि प्रदर्शनकारीहरू नरोकिएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ।
झडपमा केही घाइते भएको अन्तराष्ट्रियञ्चारमाध्यमहरुले खबर लेखेका छन्। लगातार साताै साताको प्रदर्शनमा सहभागीले सरकारी भवनमा अण्डा फाल्नुका साथै केही नारा समेत लेखेका छन्। आइतबारको प्रदर्शनमा ४ लाखभन्दा बढी मानिस सहभागी भएका थिए।
तर प्रहरीले भने १ लाख ३८ हजार सहभागी भएको जनाएको छ। हङकङ प्रशासनले अघि बढाएको सुपुर्दगीसम्बन्धी कानुनलाई लिएर शुरू भएको प्रदर्शन त्यो कानून खारेज गरिएपनि रोकिएको छैन। शुरूमा शान्तिपूर्ण प्रदर्शन हुँदै आएपनि पछिल्ला दिनमा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुँदै गएको छ।
अघिल्लो साताको प्रदर्शनमा प्रहरी सहित केही घाइते भएका थिए। शुक्रबार पर्चासहित विस्फोटक पदार्थ समेत फेला परेको छ। सो घटनामा प्रहरीले तीन जना पक्राउ गरेकाे छ।