इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ रेकर्ड कायम गरेका छन्। उनी इजरायलको प्रधानमन्त्री पदमा सबैभन्दा लामो समयसम्म रहने रेकर्ड बनाएका हुन्।
नेतन्याहूले प्रधानमन्त्री पद सम्हालेको शनिबार १३ वर्ष १२७ दिन भएको छ। त्यसअघि गरियनले १३ वर्ष १२६दिन प्रधानमन्त्री भएर काम गरेका थिए। नेतान्याहू अझैं सत्तामा रहने छन्।
जेरुशेलम पोस्टका अनुसार इजरायल अस्तित्वमा आएको २५ हजार ९ सय ८१ दिन भएको छ। जसमा ४ हजार ८ सय ७३ दिन नेतन्याहूले प्रधानमन्त्री पद सम्हालेका छन्। उनी पाँचौ पटक प्रधानमन्त्रीको रुपमा यसै वर्ष निर्वाचित भएका थिए। तर सरकार बनाउन असफल भएपछि फेरि निर्वाचन गराउने निर्णय गरिसकेका छन्।
नेतन्यहूले अहिले भ्रष्टाचारको आरोप खेपिरहेका छन् भने उनको राजीनामाको पनि माग भइरहेको छ। नेतान्यहू पहिलो पटक सन् १९९६मा चुनाव जितेर इजरायलको सबैभन्दा युवा अवस्थामा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला उनी ४६वर्षका थिए।