भारतीय कांग्रेसकी वरिष्ठ नेता तथा दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ। मुटुसम्बन्धी रोगबाट पिडीत उनको आज निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जर्नाका छन्।
८१ वर्षीया दीक्षित केही दिनदेखि विरामी रहेकी उनलाई आज विहानै अस्पतालमा भर्ना गरिएको थियो। दीक्षितको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
कंग्रेसले पनि दीक्षितको निधनमा शोक व्यक्त गरेको छ। आजीवन कंग्रेस सदस्य रहेकी दीक्षित तीन पटक दिल्लीको मुख्यमन्त्री भएकी थिइन्।
उनलाई 'प्यारी दादी' को रुपमा पनि चिनिन्थ्यो। उनको निधन दिल्लीवासीका लागि मात्र नभइ भारतीय कांग्रेस पार्टी र गान्धी परिवारका लागि पनि ठूलो क्षति भएको बताइएको छ।
३५ वर्षे राजनीतिमा दीक्षित केरलको राज्यपाल पनि रहेकी थिइन्। उनले सन् १९८८ देखि २०१३ सम्म राष्ट्रिय राजधानी दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी थिइन्।
उनको निधनलाई लिएर पार्टीले खेद प्रकट गरेको छ। आफ्नो जीवनकालमा कांग्रेस नेतृ र तीन पटक दिल्लीकी मुख्यमन्त्री रहेकी दीक्षितले दिल्लीको अनुहारमा नै परिवर्तन ल्याएकी थिइन्।