भारतीय कांग्रेसले छत्तीसगढ र उत्तर प्रदेशका भाजपाबाट राज्यसभा सांसद भएका सुब्रमण्यम स्वामी विरुद्ध निवेदन दर्ता गरेको छ।
उनलाई कंग्रेस नेता राहुल गान्धी माथि गलत आरोप लगाएको अभियोगमा मुद्दा दर्ता गरिएको हो। कंग्रेसले राहुलमाथि कुनैपनि आरोप स्वीकार्य नहुने बताएका छन्। कंग्रेस महासचिव पीएल पुनियाले भने ‘हामी स्वामी माथि कडा भन्दा कडा कारबाहीको माग गर्छौं।’
पुलिस महानिर्देशक शंकर लाल बघेलले भने जशपुर जिल्ला कंग्रेस अध्यक्ष पवन अग्रवालले शनिबार राति पत्थलगाउँ पुलिस स्टेशनमा स्वामीलाई कारबाही गर्न माग गर्दै निवेदन दर्ता गरेका हुन्।
स्वामीले कंग्रेस नेता राहुलले लागूऔषध प्रयोग गर्ने गरेको आरोप लगाएका थिए। यसको कंग्रेसले विरोध गर्दै आएको छ। पुलिस स्टेशनमा दिएको निवेदनमा स्वामीले राहुलमाथि लगाएको आरोप गलत भएको र स्वामीलाई कारबाहीको माग गरिएको छ।