अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पारमाणविक क्रियाकलापमा आफूलाई नसुधारेको भन्दै केही महत्वपूर्ण विषयमा थप प्रतिबन्ध लगाउने घोषणा गरेकाे बीबीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्व परिवर्तन नभएसम्म आर्थिक दबाब सिर्जना गरिराख्ने समेत बताएका छन्। केही महत्वपूर्ण विषयमाथिको प्रतिबन्ध द्रुत गतिमा कार्यान्वयन हुने गरी आफू अघि बढ्ने उनको भनाई छ।
अन्तर्राष्ट्रिय स्तरमा लगाइएको प्रतिबन्धको इरानले सीमा तोड्दै परमाणु कार्यक्रमलाई बढावा दिएको भन्दै अमेरिकाले यस्तो कदम चालेको हो। सन् २०१५ मा विश्वका शक्तिशाली मुलुकबीच इरानको युरेनियम भण्डारण क्षमतालाई सीमित बनाएर राख्ने सम्झौता भएको थियो।