भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि मृत फेला परेका छन् ।
पश्चिम बङ्गालको कोलकातास्थित हुग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो । तर, उनी पानीभित्रै हराएको बीबीसीले उल्लेख गरेको छ ।
६ वटा ताला लगाइएको साङ्लोले उनको हातखुट्टा बाँधिएको थियो । उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो ।
लाहिरीले आफूले देखाउन लागेको जादु खतरनाक भन्दै भनेका थिए, "मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दु:खान्त हुन्छ ।"
हेर्नुहोस् लाहिरीका अन्तिम वाक्यहरू र जादुको प्रयासको भिडियो :