सत्तारुढद दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता जेपी नड्डा पार्टीका कार्यकारी अध्यक्ष बनेका छन् । भाजपाका वर्तमान अध्यक्ष अमित शाह गृह मन्त्री बनेपछि नड्डाले संगठनको जिम्मेवारी पाएका हुन् ।
नरेन्द्र मोदी नेतृत्वको पहिलो सरकारमा भने नड्डा सरकारमा थिए । तर यो कार्यकालमा उनलाई मोदीले मन्त्री बनाएनन् । र उनलाई उनलाई संगठनको जिम्मेवारी दिएका छन् ।
भाजपाको सबैभन्दा प्रभावशाली र निर्णय लिने संसदीय बोर्डको सोमबार बसेको बैठकले नड्डालाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
बैठकपछि भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले शाह आफैले संगठनको जिम्मेवारी अरुलाई दिनु पर्ने बताएपछि नड्डालाई कार्यकारी अध्यक्ष बनाइएको बताए । ५८ वर्षका नड्डा मोदी र शाहका अत्यन्त नजिकका व्यक्तिको रुपमा चिनिन्छन् ।