कंग्रेस अध्यक्ष राहुल गान्धीले जन्मिँदा आफूलाई काखमा खेलाउने नर्स राजम्मासँग भेट गरेका छन् ।
भरखरै सम्पन्न लोकसभा चुनावका बखत राहुलको नागरिकताका विषयमा कुरा उठेपछि अवकाश प्राप्त नर्स राजम्मा वावथिलले यसको प्रतिवाद गरेकी थिइन् । उनले राहुलको नागरिकताका विषयमा प्रश्न उठ्न नहुने बताएकी थिइन् ।
१९ जुन १९७० मा दिल्लीस्थित होली फ्यामली अस्पतालमा राहुलको जन्म हुँदा राजम्मा पनि त्यहीं ड्युटीमै थिइन् । ७२ वर्षीया राजम्मासँगको राहुलले भेट गर्दा माहोल पनि भावुक बनेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । राजम्मासँगको आइतबार भएको भेटमा राहुलले अंकमाल गर्दै केही समय बिताएका थिए । यही भेटको क्षण कैद गरी खिचिएका तस्बिर उनको अफिसियल ट्वीटर अकाउन्टबाट सार्वजनिकसमेत गरिएका छन् ।
चुनावका बेला सर्वोच्च अदालतले राहुलको नागरिकतामाथि चुनौती दिएको थियो । तर सर्वोच्च अदालतले कुनै कागजमा लेखेकै भरमा राहुलको नागरिकतामाथि शंका गर्नु आवश्यक छैन ।
चुनावताका नागरिकतासम्बन्धी विवाद हुँदा राजम्माले राहुलको जन्मसँग सम्बन्धित कागजात अझै अस्पतालमै रहेको दाबी गरेकी थिइन् । राहुलको नागरिकतासम्बन्धी विवाद निराधार रहेको त्यसबखत राजम्माले पनि दाबी गरेकी थिइन् ।
दिल्लीको होली फ्यामिली अस्पताबाट नर्सिंङको तालिमपछि राजम्माले भारतीय सेनामा नर्सका रूपमा काम सुरु गरेकी थिइन् । सेनाबाट स्वेच्छिक अवकाशपछि सन् १९८७ मा केरल फर्किएर आइन् र सोही सुल्तान बाथेरी नजिकै रहेको कल्लुरमा बस्दै आएकी छन् । यो अहिले वायनाड क्षेत्रमै पर्छ । राहुल उनकै घरमा पुगेर आशीर्वादसमेत लिएका थिए । राहुल र राजम्माले अंकमाल गरेको तस्बिर हेर्दा पनि भावुक बनाउँछ ।
किन चर्चामा आइन राजम्मा ?
लोकसभा चुनावका दौरान राहुलको नागरिकतामाथिको विवादलाई उनले शंका नगर्न भनेपछि चर्चामा आएकी हुन् । ७२ वर्षीया राजम्माले राहुल जन्मिँदा म स्वयं त्यही रहेकाले शंका गर्नु व्यर्थ रहेको अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् । 'किनकि राहुन सोही अस्पतालमा १९ जुन १९७० मा जन्मिएका हुन्,' राजम्माले भनेकी थिइन् ।
स्वामीले राहुलको नागरिकतामाथि प्रश्न उठाए
राहुल गान्धीको नागरिकतामाथि प्रश्न भने बीजेपीका राज्यसभा सांसद सुब्रह्मण्यम स्वामीले उठाएका थिए । स्वामीले २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै राहुल बेलायती नागरिक रहेको बताएका थिए । 'त्यसैले उनको सांसद सदस्यता रद्द गर्नुपर्छ,' मोदीलाई लेखिएको पत्रमा थियो ।