भारतीय लोकसभा चुनावको मतगणना जारी छ । भारतीय निर्वाचन आयोगका अनुसार, भारतीय जनता पार्टी सबैभन्दा अघि छ । बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार सनी देओल पनि मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् ।
पन्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका सनी देओल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनील जखारभन्दा झन्डै ५० हजार बढी मतले अगाडि छन् ।
ताजा मतगणना अनुसार, शनिले २ लाख ५६ हजार ८ सय ७१ मत प्राप्त गर्दा सुनीलले २ लाख ७ हजार ६ सय ८ मत प्राप्त गरेका छन् ।