भारतीय लोकसभा निर्वाचनमा कंग्रेस आईका अध्यक्ष राहुल गान्धी अगाडि देखिएका छन्।
अमेठीबाट ६हजार भोटले स्मृति इरानीसँग पछि परेका राहुल पछिल्लो मत परिणाम अनुसार १७ सय भोटले अगाडी आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई अहिले स्मृति ईरानी पछ्याइ रहेकी छिन्।
यसैगरी केरला को बायनाड क्षेत्रबाट पनि उम्मेदवार बनेका राहुल त्यहाँ पनि अगाडि छन्। यसैगरी सोनिया गान्धी पनि रायबरेली निर्वाचन क्षेत्रमा अगाडि रहेको जनाइएको छ।