प्राविधिक उद्योगका अर्बपति रोबर्ट एफ स्मिथले अमेरिकी राज्य जर्जियाको राजधानी एट्लान्टाका झन्डै ४ सय विद्यार्थीको ऋण तिरिदिने बताएपछि स्नातक उत्तीर्ण गर्ने तयारीमा रहेका सबै आश्चर्यमा परेका छन्।
स्मिथ पहिलेदेखि नै अमेरिकाका प्रमुख परोपकारी व्यक्तिमध्येका एक मानिँदै आएका थिए। ऐतिहासिक रुपमा काला वर्णका छात्रहरु मात्र पढ्ने मोरहाउस कलेजमा सम्बोधनका क्रममा उनले विद्यार्थीको ऋण तिरिदिने घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।
यसबाट लाभान्वित ४ सय विद्यार्थी त भए नै यसमा करोडौं डलर खर्च पनि पक्का छ। उनको घोषणा सुनेपछि २०१९ ब्याजका विद्यार्थीलगायत प्राध्यापकहरुसमेत चकित परेका थिए ५६ वर्षीय स्मिथले सफ्टवेयर कम्पनीहरुमा लगानी गर्न सन् २००० मा एउटा निजी इक्विटी भिजा फार्म खोलेका थिए । फोर्ब्सका अनुसार अहिले उनको ५ अर्ब डलर सम्पत्ति छ।
कलेजमा स्मिथ एक डक्टरेट सम्मानका लागि पुगेका थिए। त्यसअघि नै मोरहाउसलाई १५ लाख डलर दानमा दिने बताइसकेका थिए। यस्तोमा त्यहीँका एक २२ वर्षीय विद्यार्थी एरोन मिचहम यो खबरसँगै आफूले अब २ लाख डलर ऋण तिर्नु नपर्ने भएकाले खुसीको आँसु थाम्न सकेका थिएनन्। उनले फाइनान्स पढ्न ऋण लिनुपरेको थियो । उनले भनेका छन्, “म पूर्ण रुपमा चकित थिएँ। मलाई मेरो मुटु नै थामिए जस्तो भयो। हामी सबै रोयौँ। त्यो क्षणमा हामी सम्पूर्णलाई ठूलो बोझबाट मुक्त भएको जस्तो महसुस भयो।”