अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले संघीय चुनावमा आफ्नो कन्जरभेटिभ गठबन्धनलाई पुन: चुनेको भन्दै मतदातालाई धन्यवाद दिएका छन् ।
उनले समर्थहरुलाई भनेका छन्, 'सधैं चमत्कारमा विश्वास थियो, ।' पहिलेको अनुमानअनुसारै लिबरल-नेसनल गठबन्धनलाई बहुमतको नजिक देखाएको थियो । साथै अस्ट्रेलियाका लेबर पार्टीका नेता बिल सार्टनले आफ्नो पार्टीको हार स्विकारिसकेका छन् । साथै उनले पार्टी नेताबाट राजीनामा दिएको घोषणासमेत गरेको बीबीसीले उल्लेख गरेको छ ।
चुनावको अन्तिम परिणाम आउन अझै बाँकी छ । तर, ७० बढी क्षेत्रमा गरिएको मतगणनामा गठबन्धनले जित हासिल गरिसकेको छ । गठबन्धनलाई बहुमतका लागि ७६ सिट आवश्यक छ । गठबन्धन अहिले ७४ सिटमा अग्रता कायम गरिरहेको छ भने लेबर पार्टीले ६६ सिटमा अग्रता कायम गरिरहेको छ ।
अस्ट्रेलियामा आम-चुनावका लागि हिजो (शनिबार) मतदान भएको थियो । यहाँ १ अर्ब ६४ करोड मतदाता छन् ।