दक्षिण अफ्रिकाको डर्बान सहरमा चर्च भत्किँदा १३ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ ।
उत्तरी डर्बानको डालांगुबोमा रहेको चर्च बिहीबार साँझ भत्किएको थियो । अत्याधिक वर्षाले चर्चको छाना खसाएको थियो ।
प्रान्तीय प्रहरी प्रवक्ता कर्नेल थेम्वेका म्वेलेले अधिक वर्षा र हावा हुरीका कारण चर्च भत्किएको बताएका छन् ।