चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्ने भएका छन् ।
चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
चीन सरकारको आयोजनामा बीआरआईको अन्तर्राष्ट्रिय सम्मेलन अप्रिल २५ देख २७ सम्म बेइजिङमा हुँदै छ ।
मन्त्री वाङले सम्मेलनमा ३७ मुलुकका राज्य र सरकार प्रमुखहरुको सहभागिता रहने जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सीको महत्त्वाकांक्षी बेल्ट एन्ड रोड (बीआरआई) कार्यक्रमले पूर्वी एसिया र अफ्रिकासँग सडक र रेलमार्गले जोड्नेछ । साथै यी देशबीच आर्थिक विकासमा आपसी साझेदारीले मद्त पुग्नेछ ।