भारतमा लोकसभाका लागि आज (बिहीबार) भएको दोस्रो चरणको चुनावका क्रममा मतदान गरेपछि एक वृद्धको मृत्यु भएको छ ।
इरोड जिल्लाका ६३ वर्षीय ती वृद्ध मुरुगेसनमा रहेको मतदान केन्द्रमा बेहोस् भएका थिए । पछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
भारतमा बिहीबार भइरहेको मतदान दोस्रो चरणअन्तर्गत आसम, बिहार, छत्तीसगढ, जम्मु-काश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पण्डुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भइरहेको छ ।
तमिलनाडुको भेल्लोर क्षेत्रमा पनि आज चुनाव हुने कार्यक्रम रहेकामा निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपतिले त्यहाँको चुनाव स्थगन गरेको बीबीसीले जनाएको छ ।
डीएमकेका नेताको निवासमा ठूलो परिमाणमा नगद फेला परेपछि आयोगको सिफारिसमा त्यहाँको चुनाव स्थगन गरिएको हो । चुनाव ७ चरणमा पूरा हुँदै छ । मतगणना सबै चरणको निर्वाचन सकिएपछि २३ मेमा हुनेछ ।
भारतमा दोस्रो चरणको मतदान जारी, श्रीनगरमा मोबाइल र इन्टरनेटसमेत बन्द