बलिउड अभिनेत्री अनन्या पाण्डे सामाजिक सञ्जालमा सक्रिय देखिन्छिन् । फ्यानका लागि भन्दै उनले आफ्ना तस्बिरहरु बेला-बेला सार्वजनिक गरिरहन्छिन् ।
अनन्याले हालै मात्र इन्स्टाग्राम एकाउन्टमार्फत केही ‘ग्ल्यामरस’ तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनी झनै सुन्दर देखिएकी छिन् ।
अनन्याले लाइट मेकअपसहित सेयर गरेका तस्बिरलाई फ्यानहरुले निकै रुचाएका छन् । उनी चाँडै कार्तिक आर्यनसँग एक नयाँ प्रोजेक्टमा स्क्रिन सेयर गर्दैछिन् ।