नायिका वर्षा राउतले गत वर्षको ‘भ्यालेनटाइन डे’ का अवसरमा प्रेमी सञ्जोग कोइरालासँग बिहे गरिन् । त्यसपछि उनी निकै व्यस्त रहिन् ।
उनले अभिनय गरेको ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’ ले राम्रो कमाइ पनि गर्यो । अभिनयमा अब्बल वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनले फेसबुकमा आफ्ना फ्यानका लागि भन्दै तस्बिर पोस्ट गरिरहन्छिन् ।
उनले पोस्ट गरेका तस्बिरमा फ्यानको लाइक र कमेन्ट पनि निकै आउने गरेको छ । उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका केही तस्बिर यस्ता छन् ।