विश्वमा विभिन्न क्षेत्र छन् जहाँ बिदा मनाउन हरेक मुलुकबाट पर्यटक पुगिरहेका हुन्छन् । हामी पनि आफ्नो गच्छेअनुसार बिदाको सदुपयोग गर्छौं । विभिन्न समुद्री तटमा यी अभिनेत्रीहरु आफ्नो बिदा मनाउन पुगेका छन् । उनीहरुले यहाँ खुलेरै बिदाको सदुपयोग गरेका छन् । यही बिदा मनाउने क्रममा अभिनेत्री कस्ता देखिए त उनीहरुलको सेक्सी तस्बिरहरु हामीले यहाँ समावेश गरेका छौं ।
यो उनीहरुको सुन्दर तस्बिर तथा पर्यटक आकर्षणले अनमोल क्षण मानिन्छ । यहीं पुगेका छन् यी सुन्दर अभिनेत्रीहरु ।
१. माल्दिभ्सको बिचमा क्याट्रिना कैफ
माल्दिभ्सको बिचमा बलिउड अभिनेत्री क्याट्रिना कैफ निकै खुलेको देखिएकी छन् । उनले हालै बिदा सदुपयोग गर्दै माल्दिभ्सको सुन्दर बिचमा फोटो सेसन गरेकी छन् । हामीले जानेकै कुरो हो माल्दिभ्स निकै सुन्दर मुलुक हो । सफा पानी, सुन्दर घर तथा प्राचीन समुद्र तटका साथै पानी अर्थात् समुद्र मनपराउनेलाई यहाँ स्वर्गभन्दा कम मानिँदैन ।
२. साथीहरुसँग बिदा मनाउन भारतकै गोवा पुगेकी वाणी कपुर
वाणी आफ्ना साथीहरुसँग बिदा मनाउन गोवा यात्रा पुगेकी छन् । सोही सुन्दरीहरुको टोलीमा बिदालाई मनोरञ्जनपूर्ण बनाउन उनले कुनै कसर बाँकी राखिनन् । संयोगले तिनै नजिककी एक साथीको बिहेको कार्यक्रम पनि थियो । उनीहरुले बिहेसँगै गोवामा निकै मस्ती गरे ।
३. सोफी चौधरी माल्दिभ्सको समुद्री तटमा
गायक सोफी चौधरीले माल्दिभ्सको समुद्री तटमा निकै रमाइलो गरिन् । बिदा स्मरणीय बनेको उनको प्रतिक्रिया थियो । समुद्र तटामा उनको गर्मी हरायो । शीतल समुद्रमा उनी साथीहरुसँग बिदा मनाउन पुगेकी थिइन् । उनले आफ्नो बिदाको भरपूर आनन्द लिइन् ।
४. थाइल्यान्डमा आराम गर्दै सनी लियोनी
सनी लियोनले आफ्नो बिदा थाइल्यान्डको बिचमा मनाइरहेकी थिइन् । बलिउड अभिनेत्री लियोनीले केही महिनाको अन्तरालमा थाइल्यान्डको सुन्दर होटेलमा आफ्नो पतिको साथमा समुद्रको दृष्यावलोकनको आनन्द लिइन् । यही आन्नदकै लागि उनले बिदा मिलाएकी हुन् । सेतो कपडामा उनी निकै खुलेकी छन् ।
५. प्रियंका चोपडाले मियामीको सूर्यलाई माथ खुवाइन्
बलिउड अभिनेत्री प्रियंका चोपड़ा मियामी समुद्रलाई निकै मन पराउँछन् । उनले स्टाइलिस्ट बिकिनीमा समुद्रमा डुब्कीसमेत लगाइन् ।
६. माल्दिभ्सको एक इन्फिनिटी पुलाम राधिका आप्टे
सूर्य, बालुवा तथा एक पूर्ण मन ! राधिका आप्टेको माल्दिभ्सको यात्रा बदासँगै सुन्दर तस्बिर खिच्नु थियो । उनले आफ्ना केही साथी तथा मेकअप कलाकारसँग इन्फिनिटी पुलमा बिदाको भरपूर आनन्द प्राप्त गरिन् । उनी यहाँ डुब्न थालेको सूर्यझैं चम्किली देखिएकी छन् ।
७. माल्दिभ्समा बिदा मनाउँदै करिना कपुर
करिना कपुर, सैफ अली खान तथा उनका पुत्र तैमुर माल्दिभ्समा सोहा अली खान, कुणाल केमु तथा उनकी छोरी इनाया नौमीका साथ अदभुत समय बिताए । सोहाले समूहमा नांगो खुटामा विलासी रिसोर्टमा खिचिएको तस्बिर सार्वजनिक समेत गरेकी छन् ।
८. माल्दिभ्समै आलियाको सेक्सी फोटो सुट
माल्दिभ्सको समुद्र तटमा बालुवामा उनले खत्राको फोटो सुट गरिन् । निकै खुलेकी आलियाको यो तस्बिर हेर्दा उनले आफ्नो बिदाको सदुपयोग मज्जैले गरेकी छन् । उनी भन्छिन्, 'बिदाको आनन्द लिन सर्वश्रेष्ठ पर्यटकीय स्थल जानु उपयुक्त हुन्छ ।'
९. योगा होलिडेमा जाने अनुष्का शेट्टी !
अनुष्का शेट्टी एक योग प्रशिक्षक बन्न सक्छिन् । तर उनको कामले नै उनको समग्र कार्यक्रमलाई प्रभावित बनाएको हुन्छ । उनले यो पनि मान्छिन् कि योग जीवनको उच्चतम् सुख प्राप्त गर्ने अवसर पनि हो । 'जसबाट हामी तन्दरुस्त हुन सक्छौं,' उनको भनाइ छ ।
१०. मेक्सिकोमा बिदा मिलाउँदै सन्नी लियोनी
मेक्सिको समुद्री तटमा पतिसँगै पुगेकी सन्नी लियोनी निकै खुलेकी छन् । उसो त उनको ड्रेस सेन्स पनि उत्तिकै छ । उनी परिवारका साथ बिदाको सदुपयोग गर्छिन् । उनी मौका मिल्नासाथ पतिका साथ समुद्री तट पुगिहाल्छिन् ।
११. बालीमा ईशा गुप्ताको बिदा
इन्डोनेसियाको बालीमा ईशा गुप्ताले बिदाको निकै सदुपयोग गरेकी छन् । समुद्री तटमा बिकिनीमा ईशा निकै खुलेकी छिन् ।
१२ . परिणीति चोपडाको बिदा माल्दिभ्समा
समुद्री तटमा परिणीति चोपडा सेतो कपडामा निकै खुलेकी छन् । उनी बिदा पाउनेबित्तिकै समुद्री तट पुगिहाल्छिन् ।
१३. माल्दिभ्समा बिदा मनाउँदै सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हा पनि बिदाको सदुपयोग गर्नेमा माहिर मानिन्छिन् । उनले बिदा पाउनेबित्तिकै समुद्री तटमा पुगेर फोटो सेसन गर्न रुचाउँछिन् । उनी इन्टाग्राममा पनि उत्तिकै सक्रिय छिन् । उनले बेलाबेला आफ्ना नयाँ अवतारका तस्बिरहर पोस्ट गरिरहेकी हुन्छन् ।
१४. गोवामा निधि अग्रवालको बिदा
निधि अग्रवाल बिदा पाउनेबित्तिकै साथीहरु लिएर कहीं न कहीं पुगिरहेकी हुन्छन् । उनले भरखरमात्र छोटो बिदामा साथीहरु लिएर गोवा पुगिन् । त्यहाँको स्विमिङ पुलमा उनको खुलेको तस्बिरले पनि मन्त्रमुग्ध बनाउँछ । उनी स्विमिङ पुलमा माथि वानपिस बिकिनीमा देखिएकी छिन् ।
१५. माल्दिभ्स समुद्री तटमा छुट्टी मनाउँदै मलाइका अरोडा खान
उनलाई बिदा त निहुँ मात्र हो । अलिकति फुर्सद मिल्यो कि कहीं न कहीं पुग्छिन् । विशेष गरी समुद्री तट उनलाई प्यारो लाग्छ । सलमान खानकी बुहारी भए पनि पारपाचुकेपछि उनी अहिले अर्जुन कपुरसँगको प्रेममा डुबेको बलिउडमा चर्चा छ ।
-एजेन्सीको सहयोगमा