भारतमा भएको लोकसभा चुनावको परिणाम आइसकेको छ । जसमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत प्राप्त गरेको छ ।
योसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वकै सरकारले निरन्तरता पाउने पक्का छ । मोदीलाई चुनावमा प्राप्त जितको सबैबाट प्रशंसा र बधाई आउने क्रम पनि जारी छ । नेपालबाट पनि प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु विमलेन्द्र निधि, रामचन्द्र पौडेललगायतले बधाई तथा शुभकामना दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भारतीय समकक्षीलाई चुनावी जितको शुभकामना दिएका छन् ।
भारतमा सम्पन्न लोकसभा चुनावलक्षित गरी कार्टुनिस्ट कीर्तिशले बनाएका केही कार्टुनलाई बीबीसीले प्रकाशन गरेको छ । तिनै चुनावलक्षित कार्टुन यस्ता छन् ।