काठमाडौं । भरतपुर महानगरपालिका १५ मा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आरम्भ भएको छ ।
धुर्मुस-सुन्तली फाउन्डेसनको सहकार्यमा बन्न लागेको रंगशालाको अहिले डीपीआरको काम भइरहेको छ ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले शुक्रबार आफ्नो फेसबुकमार्फत रंगशाला निर्माणको ताजा तस्बिरहरु सार्वजनिक गरेका छन् ।
रंगशाला निमार्णलाई तीव्र बनाएका कट्टेलले सार्वजनिक गरेका केही तस्बिर यस्ता छन् । रंगशाला २ वर्षमा निर्माण सक्ने उनको योजना छ । उनले रंगशालाको निर्माण २ वर्षभित्र सक्नेगरी कार्य तीव्रतर रुपमा भइरहेको संकेत गरेका छन् ।