देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड रुपैयाँ घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ। क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ।
त्रिचन्द्रले विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको जनाएको छ। विज्ञान र मानविकी संकायमा बढी आर्थिक भार बढेपछि विद्यार्थीलाई जानकारी गराएरै शुल्क बढाइएको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए। उनका अनुसार गत वर्ष क्याम्पसले १ करोड ६४ लाख रुपैयाँ घाटा बेहोरेको छ। लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि शुल्क वृद्धि गरिएको ढुंगानाले बताए।
ढुंगानाले भने, ‘स्थायी शिक्षक टीयूबाट नियुक्त नै हुँदैनन्। अनि, यहाँका स्थायी शिक्षकले अवकाश पाएपछि करारका शिक्षकलाई तलब खुवाउनुपर्यो। शुल्क समायोजन नभएको पनि धेरै समय भएकाले शुल्क बढेको हो।’ हाल त्रिचन्द्र क्याम्पसमा १४ हजार विद्याथी अध्ययनरत् छन्। राजधानीमा खबर छ।