त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बास्कोटाले पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्रीबाट नियुक्ति पाएको भोलिपल्ट (सोमबार) उनले त्रिभुवन विश्वविद्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले बास्कोटालाई हिजो (आइतबार) उपकुलपतिमा नियुक्त गरेका थिए ।
नाक, कान, घाँटी विशेषज्ञ बास्कोटाले केही समयअघि मात्र मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश पाएका थिए ।