त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन (एमपीए) विषयको प्राइभेट परीक्षाको परीक्षा फाराम भर्ने मिति एक साता थप गरेको छ । परीक्षा फाराम भर्ने विद्यार्थीको चाप बढेपछि पनिकाले समय थप गरेको हो ।
फाराम भर्न कात्तिक १ गतेसम्म समय तोकिए पनि अब एक साता थप गरी कात्तिक ८ गतेसम्म पुर्याएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार दसैं बिदापछि कार्यालय खुल्दा फाराम भर्नेको भीड धेरै भएकाले समय थप गरिएको हो ।
कत्तिक १९ गतेसम्म भने दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने पनिकाले जनाएको छ । सेमेस्टर प्रणाली सुरु भइसकेकाले यस वर्ष प्राइभेटतर्फको यो अन्तिम परीक्षा हुने सम्भावना छ ।