राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष प्राडा कृष्ण गिरीको संयोजकत्वमा गठित शुल्क निर्धारण समितिको आज सोमबार बस्ने बैठकले यो वर्षको एमबीबीएस तहको शुल्क निर्धारण गर्ने तयारी गरेको छ।
गत चैत ४ मा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले गत असोज ४ गते राष्ट्रिय चिकित्सा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेश गरेको थियो।
समितिको यही असोज १६ गते बसेको बैठकले शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष मुक्तिराम श्रेष्ठ, नर्सिङ काउन्सिलका अध्यक्ष गोमा निरौला, निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसिरुद्दिन अन्सारी सदस्य रहेको समितिले आज सोमबार शुल्क निर्धारण गर्ने तयारी गरेको छ।
आयोगका सदस्य सचिव डा. हरि लम्सालले आज बस्ने बैठकले शुल्क निर्धारण गर्ने तयारी गरेको जानकारी दिए- ‘प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना हुने प्रतीक्षामा रहेका विद्यार्थीको शुल्क नतोक्दा समस्या परेपछि आजको बैठकले शुल्क निर्धारण गर्न तयारी गरेका हौं।’ नेपाल समाचारपत्रमा खबर छ।