भुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपतिमा कोइरालाको नाम पहिलो नम्बरमा छ भने दोस्रो र तेस्रो नम्बरमा डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम छ ।
अहिले निमित्त उपकुलपतिको जिम्मेवारीमा सम्हालिरहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।
वरिष्ठ मुटुरोग विशेषज्ञसमेत रहेका डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशकसमेत बनेका थिए । तर, कार्यकारी निर्देशक बनेको १ सय ८ दिनमै उनले पदबाट राजीनामा दिएका थिए ।
डा. बास्कोटा भने नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकाश पाएका व्यक्ति हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जका नाक, कान, घाँटी रोग विशेषज्ञ पनि हुन् ।
यस्तै डा. पौडेल त्रिविका पूर्वरजिस्ट्रार हुन् । तथ्यांकशास्त्रका प्राध्यापक उनलाई सरकारले २०७४ मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।