दि वर्ल्ड युनिभर्सिटी र्याङकिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को हजारभन्दा माथि पुगेको छ । गत वर्ष आठ सयदेखि हजारको बीचमा थियो । बेलायतस्थित टाइम्स हायर एजुकेसन (टीएचई)ले उक्त नतिजा सार्वजनिक गरेको हो ।
उसले विश्वका ९२ देशका १ हजार ४ सय विश्वविद्यालयलाई र्याङकिङ गरेको थियो र त्यसमा त्रिभुवन विश्वविद्यालय अन्तिमबाट ३७औं स्थानमा परेको छ।
टीएचईले १३ बुँदालाई मापनको आधारमा यसरी र्याङकिङ गरेको हो। शिक्षण पद्धति (सिकाइ वातावरण), अनुसन्धान (भोल्युम, इनकम र रिपुटेसन) तथा त्यसको प्रभाव, ज्ञानको विस्तार र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई प्रमुख मानेको उसको रिपोर्टमा उल्लेख छ।
सन् २०२० का निम्ति गरेको र्याङकिङमा हजारभन्दा माथि परेको छ। यस हिसाबले त्रिविको शैक्षिकस्तर घटेको हो। त्रिभुवन विश्वविद्यालयमा ४ लाख १८ हजार ५३ विद्यार्थी अध्ययनरत रहेको देखाइएको छ। त्यसमा विदेशी विद्यार्थी शून्य रहेको छ। ३६ जना विद्यार्थी बराबर एक शिक्षक (स्टाप) रहेका छन्। लैंगिक तुलनामा ४५ प्रतिशत महिला र ५५ प्रतिशत पुरुष रहेका छन्। उक्त संस्थाले सन् २०१९ मा गरेको र्याङकिङमा त्रिभुवन विश्वविद्यालय आठ सयदेखि हजारभित्र परेको थियो। कान्तिपुरमा खबर छ।