त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ। निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका हुन्।
निर्णयबारे बैठकमा सहभागीहरूले फरकरफरक प्रतिक्रिया दिएका छन्। निवर्तमान उपकुलपति खनियाँ लगायतले बैठकबाटै निर्णय भएको बताए। हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णयबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइन्। यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन्।
त्रिवि प्राज्ञिक परिषद्ले भदौ ५ गते चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० एवं विभिन्न सातवटा मेडिकल कलेजहरूमा ‘निट’ लागू गर्ने भनी परिपत्र गरेको छ। भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले ‘नेसनल मेडिकल इन्ट्रान्स टेस्ट ९निट० उत्तीर्ण गरेको हुनुपर्छ। आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो। त्रिवि उपकुलपति कार्यालयको स्रोतले भन्यो, ‘अवकाश हुनु केही दिनअघि खनियाँले निट उत्तीर्ण भएकै आधारमा विदेशी विद्यार्थी भर्ना गर्न मिल्ने निर्णय गर्नुभयो।’
गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिनेरनदिने छलफल भए पनि निर्णय भएको थिएन। तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरे। प्राज्ञिक परिषद्मा भएको छलफललाई सदस्यसचिवले माइन्युट गर्ने र उपकुलपतिले समेत हस्ताक्षर गरेर प्रमाणित गर्ने प्रचलन छ। अन्य सदस्यले माइन्युटमा हस्ताक्षर गर्ने परिपाटी छैन।परिषद्का एक सदस्यले भने, ‘यस्तो निर्णयले हामीलाई निकै आश्चर्य लागेको छ।’
उपकुलपति कार्यालयबाट कान्तिपुरलाई प्राप्त कागजातमा निजी मेडिकल कलेजका सञ्चालकहरूको प्रस्तावमा खनियाँले प्राज्ञिक परिषद्का नाममा निर्णय गराएको देखिन्छ। त्यसको एक साताअघि त्रिविमा आबद्ध निजी मेडिकल कलेजहरूको संस्था ‘सोसाइटी अफ टीयू अफिलिएटेड हेल्थ इस्टिच्युसन्स नेपाल ९स्टाहिन० ले ‘यस शैक्षिक सत्रदेखि निट लागू गर्ने’ भनी निवेदन दिएको थियो। कान्तिपुरमा खबर छ।