अहिले विश्वविद्यालय उपकुलपतिविहीन छ । सरकारले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा भने कामु उपकुलपति तोकेको हो ।
यी चारै विश्वविद्यालयका उपकुलपतिको म्याद सकिएकाले कुलपति एवं प्रधानमन्त्री, सहकुलपति एवं शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपतिको जिम्मेवारी दिएको हो ।
बैठकले त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठी, संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर रमेश ढकाल, पूर्वाञ्चल विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन बिजुकुमार थपलिया र कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलियालाई दिइएको छ ।
-
त्रिभुवन विश्वविद्यालय : सुधा त्रिपाठी
-
नेपाल संस्कृत विश्वविद्यालय : रमेश ढकाल
-
पूर्वाञ्चल विश्वविद्यालय : बिजुकुमार थपलिया
-
कृषि तथा वन विश्वविद्यालय : शारदा थपलिया