अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई घरधनीहरुले शोषण गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ।
‘युनिभर्सिटी अफ न्यु साउथ वेल्स (यूएनएसडब्लू)’ ले हालै सार्वजनिक गरेको रिपोर्ट ‘नो प्लेस लाइक होम’ मा सिड्नीमा रहेका कैयौं अन्तर्राष्ट्रिय विद्यार्थी शोषणको मारमा परेको उल्लेख छ। उक्त विश्वविद्यालयको मानवअधिकार क्लिनिकले गरेको अनुसन्धानमा ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सस्तो, कानुनी र सुरक्षित बसोबास नभएको उल्लेख गरिएको छ। रिपोर्टमा विद्यार्थीमाथि उत्पीडन हुने गरेको, भीडभाडयुक्त घरमा राखिएको र अचानक घरबाट निकालिएको लगायतका विभिन्न समस्याहरु देखाइएको छ। मुख्य गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरु एक्लै हुने गरेको र उनीहरु कानुनी अधिकारबारे जानकार नभएकाले समेत पीडित हुने गरेको पाइएको छ।
विश्वविद्यालयले अक्टोबर २०१७ देखि अप्रिल २०१८ सम्मको अवधिमा यहाँ रहेका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुका बीच अध्ययन गरिएको थियो।
अध्ययनमा सिड्नीमा अध्ययनरत विद्यार्थीहरुको मुख्य गरेर बसोबाससम्बन्धी समस्यामाथि अध्ययन केन्द्रित थियो। रिपोर्टमा विद्यार्थीहरुले बसोबास गर्ने क्रममा भोग्नुपरेको गम्भीर समस्याहरुको अध्ययन गरिएको थियो। कान्तिपुरमा खबर छ।