माध्यमिक शिक्षा परीक्षा एसईई नतिजामा रुपन्देहीवाट १० जना विद्यार्थीले जिपीए फोर ल्याएका छन्। जिल्ला शिक्षा इकाई रुपन्देहीका उपसचिव घनश्याम भुषालका अनुसार बुटवलको एउटा सामुदायिक विद्यालयवाट एक जना र वाँकी नौ जना संस्थागत विद्यालयवाट नतिजा आएको हो।
बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट सविना सुवेदीले जीपीए फोर प्राप्त गरेकी छिन्। उक्त विद्यालयको समग्रमा नतिजा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ। बुटवलको एक विद्यालयबाट भने सात जनाले ग्रेड प्वाइन्ट एभरेज जीपीए फोर प्राप्त गरेका छन्।
बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट सातजनाले जीपीए फोर प्राप्त गरेका हुन्।
विद्यालयका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुंवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए फोर प्राप्त गरेको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए। सो विद्यालयमा जिपिए ३.९५ ल्याउने पाँच जना, जिपिए ३.९ ल्याउने नांै जना रहेका छन्।
त्यस्तै रुपन्देहीको देवदह इङलिस बोर्डिङ स्कूलबाट एकजनाले जिपीए फोर ल्याएका छन्। सो विद्यालयका गौरव खनालले जिपीए फोर ल्याएको विद्यालयले जनाएको छ।
तिलोत्तमास्थित सिद्धार्थ इङलिस बोर्डिङ स्कूलका निकीता खनालको पनि जिपिए फोर आएको छ। रुपन्देहीवाट १६ हजार २ सय ८३ जनाले परिक्षा दिएका थिए। समग्रमा रुपन्देहीको नतिजा राम्रो आएको भए पनि सामुदायिक विद्यालयको नतिजामा भने खासै सुधार नआएको भुषालको भनाई छ।