तराई मधेसमा बढेको गर्मीले धमाधम विद्यालय बन्द हुन थालेका छन् । प्रदेश २ का सर्लाही, महोत्तरी र पर्सा जिल्लाका विद्यालयहरु आईतवारदेखि ६ दिनका लागि बन्द गरिएको छ भने धनुषाका विद्यालय पनि आजदेखि बन्द गर्ने निर्णय गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई धनुषाले आजदेखि असार ६ गतेसम्मका लागि ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । इकाई प्रमुख बरखु प्रसाद रजकले गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि ५ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । एक विज्ञप्ति जारी गरेर विद्यालय बन्द राख्न अपिल गरिएको हो ।