लोकसेवा आयोगको परीक्षाको तयारीमा जुटिरहेका विद्यार्थीहरु मंगलबार माइतीघर मण्डलमा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।
लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्य व्यवस्था समितिविरुद्ध परीक्षार्थीहरुले विरोध जनाएका हुन् ।
संविधानविपरीत भएको राज्यव्यवस्था समितिले लोकसेवाको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध विरोध गरेको उनीहरुले बताएका छन् । माइतीघरदेखि जुलुस लिएर नयाँ बानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा नाराबाजी गरेका थिए ।
राज्य व्यवस्था समितिले सोमबार जेठ १५ गते लोकसेवाले खुलाएको विज्ञापन रोक्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो ।