देशभर वैशाख २९ गते आइतबारदेखि चलेको कक्षा ११ को परीक्षा आज (आइतबार) सकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशैभर कक्षा ११ को परीक्षा शान्त वातावरणमा सकिएको छ ।
परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ । परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी सहभागी थिए ।
परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन भएको थियो ।