सरकारले सार्वजनिक विद्यालय पढाउने कर्मचारीलाई लाई प्रोत्साहन गर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५मा सो व्यवस्था उल्लेख छ। तर के प्रोत्साहन गर्ने भन्ने विषय तोएिको छैन। स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने विद्यालयले सरकारी कर्मचारीका छोराछोरी पढाए कस्तो पुरस्कार दिने भन्ने विषयमा निर्णय गर्नेछ।
सार्वजनिक शिक्षाको सबलीकरण र यसप्रतिको जनविश्वास बढाउन शिक्षक स्वयम् र सरकारी कोषबाट तलब सुविधा उपभोग गर्ने हरेकले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउने विषय नीतिमा उल्लेख छ।
यसअघि मन्त्रालयले सरकारी कर्मचारीले आफ्ना वालवालिकालाई सरकारी विद्यालयमा पढाउनेपर्ने व्यवस्था उल्लेख गरेको थियो। तर निजी विद्यालय संचालक र विभिन्न निकायको दवावपछि केही हदसम्म पछि हटेको मन्त्रालयले मन्त्री परिषदमा पेश गरेको राष्ट्रिय शिक्षा नीति २०७५मा सार्वजनिक विद्यालयलाई विषेश रुपमा सुधार गर्ने विषय समावेश गरिएको छ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा पनि सरकारी कर्मचारीका छोराछोरीलाई सामाुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था उल्लेख गरिएको थियो। शिक्षा मन्त्रालयले लुकाएको प्रतिवेदनमा उल्लेख गरिएको विषय नीतिमा समावेश गरिएको छ।