देशभर आइतबारदेखि चलिरहेको कक्षा ११ को परीक्षा सोमबार पनि शान्तिपूर्ण रुपमा चलेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षाको पहिलो दिन हिजो (आइतबार) अनिवार्य अंग्रेजी विषयको परीक्षा भयो । आज (सोमबार) भने अनिवार्य नेपालीको परीक्षा भए । बोर्डका अनुसार देशैभर नेपाली विषयको परीक्षा पनि शान्त वातावरणमा भएको हो ।
परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ । परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता छ ।
कक्षा ११ को परीक्षा जेठ ८ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन भइरहेको छ ।