देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन (आइतबार) अनिवार्य अंग्रेजी विषयको परीक्षा भयो । सोमबार अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी छन् । आइतबारबाट सञ्चालित परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता छ ।
कक्षा ११ को परीक्षा जेठ ८ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुनेछ ।