एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ।
परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ।
एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ। शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ।
सप्तरीमा मात्रै होइन प्रदेश नम्बर २ का अधिकांश जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले भने।
कर्मचारी अभावले गर्दा उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको उनको भनाई थियो। कर्मचारीले उत्तरपुस्तिका रुजु गरी, कोडिङ गर्ने र परीक्षण केन्द्रमा पुर्याउने गरेका छन्। नेपाल समाचारपत्रमा खबर छ।