शिक्षक सेवा आयोगमार्फत स्थायी भएर आएका शिक्षकहरुलाई इलामको सूर्योदय नगरपालिकाले हाजिर गर्न दिएको छैन ।
जिल्ला शिक्षा विकास एकाइले आफूसँग सल्लाहै नगरी शिक्षक पठाएको भन्दै नगरपालिकाले हाजिरी गर्न नदिपछि नयाँ जोशसहित विद्यालय पुगेका स्थायी शिक्षकहरु अलमल परेको कारोबार दैनिकले समाचार प्रकाशन गरेको छ । लामो समयपछि शिक्षक सेवा आयोबाट आन्तरिक प्रतिस्पर्धाबाट छनोट भई सूर्योदय नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा आएका शिक्षकलाई हाजिर गर्न नदिएपछि शिक्षकहरु तनावमा परेका छन् ।
आफूसँग कुनै समन्वय नगरी जिल्ला शिक्षा समन्वय एकाईले जथाभावी रुपमा शिक्षक नियुक्ति गरेको र उनीहरुको तलब भत्ता तथा वित्तीय व्यवस्थापनमा समस्या आउने भएकाले हाजिरी गर्न नदिएको नगरपालिकाले जनाएको छ ।