प्रदेश नं.१ मा आर्थिक क्रियाकलाप वढाउन तथा उद्योग व्यापार तथा कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि विराटनगरमा अन्तर्राष्ट्रिय व्यापारमेला विराट ट्रेड एक्सो २०१८ शुुरु भएको छ । मोरङ व्यापारसंघको आयोजनामा शूुरु भएको विराट एक्सपो पुुष १४ गतेसम्म संचालन हुुने छ ।
मेलामा नेपालभरिका घरेलुु, साना , मझौलातथा ठुुला उधोगहरुका अतिरिक्त स्वदेशी विदेशी व्यवसायका उत्तपादित समान तथा पाहाडि जिल्लाका खनिजजन्य तथा कृषिजन्य उत्तपादन रहेका छन् । एक्सपोको उद्घाटन गर्नुुहुुदै प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राइर्ले विराटनगरमा अन्तराष्ट्रिय स्तरको औद्योगिक प्रर्दशनी बनाउने तयारीमा प्रदेश सरकार जुुटेको बताए ।
उनले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गर्नुुहुुदै त्यसका लागी सवैको सहयोग आवश्यक रहेकोमा जोड दिए । मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी बिना विकास र समृद्धि खोज्न कठिनाई हुने भन्दै विराटनगर विमान स्थललाई क्षेत्रीय स्तरको बनाउन कार्य प्रारम्भ भइसकेको बताए ।
एक हजार पांच सय मिटर रनवे रहेको विराटनगर विमान स्थललाई क्षेत्रीय स्तरको बनाउन दुई हजार ४०० मिटरको रनवे विस्तार गर्ने कार्य भइरहेको उनको भनाई थियो । मुख्यमन्त्री राईले विराटनगरको विमानस्थलालाई अन्तराष्ट्रिय स्तरको विमान स्थल बनाउनका लागि यसको स्तरोन्नति गर्न तीन हजार मिटरको रनवे बनाउन प्रदेश सकारले प्रधानमन्त्रीलाई प्रस्ताव प्रतिवेदन बुझाई सकेको जानकारी समेत गराए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेकाे बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा उद्योगी मोति दुगडले पनि विराट एक्सपोको उदेश्य माथि प्रकास पारे ।
मेलामा प्रत्यक्ष रुपमा २० करोडको आर्थिक कारोबार हुने नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सदस्य ललित सिंकडाले जानकारी दिए। मेलामा नेपालका २०८ र भारत, पाकिस्तान र बंगलादेशका ४२ गरी २५० वटा स्टल छन । मेलाको अवधिभर दुुइलाख आगन्तुुकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।