राजधानीको न्यूरोडमा स्वर्ण संसार प्रालिले गहना पसल तथा शोरुमको नयाँ शाखा संचालनमा ल्याएको छ ।
गहना निर्माण तथा व्यवसायमा ९५ बर्षको इतिहास बोकेको ठाकुर परिवारद्वारा संचालित गहना पसल जनकपुरबाट शुरु भएको हो । जनकपुरका पुराना व्यबसायी स्व. सरोवर ठाकुरको पुरानो व्यबसायलाई निरन्तरता दिदै उनका सुपुत्र जीवन ठाकुरले शोरुम संचालनमा ल्याएका हुन् । जीवन ठाकुर स्वर्ण संसारका संचालक हुन् ।
बिहीबारदेखि संचालनमा आएको शोरुमको जीवनका दाजु धिरज ठाकुरले उद्घाटन गरेका हुन् । जनकपुरमा जीवन ठाकुर–रोशन ठाकुर सुनचाँदी पसल रहेको छ ।
आधुनिक किसिमको डिजाइनका गरगहना पाइने यो पसलमा सुन, चाँदी र हिराका आकर्षक गहना तथा रत्नहरु बिक्रीका लागि राखिएका छन् । नेपाली दाजुभाई, दिदीबहिनीका लागि लक्षित गरी गहना पसल संचालनमा ल्याइएको स्वर्ण संसार प्रालिका प्रो. निहाल ठाकुरले बताए ।