अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्न नपाइने बताएका छन्।मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताएका हुन्।
उनले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताए। अर्थतन्त्र सुधारका लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको उनले जानकारी दिए। अर्थमन्त्री महतले चालू खर्च बढाउन सरकार र निजी क्षेत्र समन्वय आवश्यक रहेको औंल्याए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रको समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले व्यवसायीको समस्या बुझ्ने काम गरिरहेको बताउँदै हातेमालो गरेर अगाडि बढ्नुपर्ने समयको माग रहेको बताए।
व्यवसायीको समस्या धेरै भएको भन्दै उनले ब्याजदरको समस्या समाधान गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई ब्याजको समस्या समाधानको पहल गर्न आग्रह समेत गरे। व्यवसायी दुर्गाप्रसाइँकाे नेतृत्वमा ऋण मिनाह गर्नुपर्ने माग गर्दै केहीदिन अघि देशव्यापी प्रदर्शन गरिएकाे थियाे ।