Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, February 05, 2023 | आइतबार, माघ २२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु
स्पेसखबर
स्पेसखबर काठमाडाैं,२७ पुस
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

 

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गर्नुभयो । दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ ।
 
मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ ।
 
त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनुभएको छ । त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रुपमा रहनुभएको मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रुपमा रहनेछन् ।
 
एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई पनि मर्जरका लागि प्रेरित गरेको बताए ।
 
त्यसैगरी मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकका असल परम्परा, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अङ्गिकार गर्नुका साथै शेयरधनीलाई प्रतिफलमा न्यायोचित वृद्धि गर्दै जाने उनको भनाइ छ । 
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९, ०२:१५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  •  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
  • एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
  • रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
  • राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
  • 'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
हवाई टिकट बिक्री प्रणाली प्रभावकारी बनाउन कार्यदल गठन
हवाई टिकट बिक्री प्रणाली प्रभावकारी बनाउन कार्यदल गठन
सात कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले साेध्याे  स्पष्टीकरण
सात कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले साेध्याे स्पष्टीकरण
सुनको मूल्यमा नयाँ रेकर्ड
सुनको मूल्यमा नयाँ रेकर्ड
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द
वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए
वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए
  • ताजा समाचार
  • ट्रेण्डिङ
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे  छलफल
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान 1
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने 2
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?' 3
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?'
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो' 4
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो'
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने 5
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने
सूचना - प्रविधि थप
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
नास्टले बनायो विद्युतीय स्कुटर
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP