उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाइने संकेत गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताए।
बिहीबारको प्रतिनिधिसभा बैठकमा यो विषयमा प्रतिनिधिसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएपछि उनले यस्तो बताएका हुन्। उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकारसँग रहेको बताए।
“पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। मूल्यकाे समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ। कर समायोजन गरेर भए पनि मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेकाे छ। त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ”, उनले भने।